अर्घा मन्दिरमा २१ फीट अग्लो भगवतीको मूर्ति निर्माण गरिँदै, एसियाकै ठूलो भएको दाबी

 भदौ २, २०७८ बुधबार १३:२:३८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा २१ फीट अग्लो भगवती देवीको मूर्ति स्थापन गरिने भएको छ ।

सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्य अन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका–९ मा रहेको अर्घा दरबार अर्थात अर्घा भगवती मन्दिरमा १० फीटको बेसमा २१ फीट अग्लो मूर्ति राख्न थालिएको नगरपालिकाले जनाएकाे छ ।

लुम्बिनीमा आएका पर्यटकहरु तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरुलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान मूर्ति स्थापना गरिएको नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालको भनाइ छ ।

नगर प्रमुख भुसालले भन्नुभयो, ‘नगरपालिकाको आर्थिक कारोबारमा मन्दी आउन थालेपछि धार्मिक पर्यटकहरुलाई भित्र्याउनका लागि एसियाकै ठूलो मूर्ती स्थापना गर्न थालेका हौँ ।’

नगरपालिकाको १ करोड ९९ लाख रुपैयाँको लागतमा मूर्ति तथा मूर्ति राख्ने बेस निर्माण कार्य भैरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । ललितपुरबाट मूर्तिकारहरु झिकाइ मुना निर्माण सेवाले मूर्ति निर्माण कार्य गरिरहेको अर्यालको भनाइ छ । मन्दिरमा जानका लागि नगरपालिकाको पहलमा सडक समेत  पिच हुन थालेको छ  ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया