म्याद सकिन दुई महिना बाँकी हुँदा पुलकाे काम ३० प्रतिशत पनि भएन

 भदौ २, २०७८ बुधबार १५:४४:४३ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – ठेकेदारको लापर्बाहीका कारण समयमै पक्की पुल नबन्दा रोल्पाको सुनिलस्मृति गाउँपालिका र प्युठानको स्वर्गद्वारी नगरपालिका जोड्ने घोडा खोलामा स्थानीयवासी जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् ।

रोल्पाको सुलिचौरदेखि प्युठानको किमिचौर, रोल्पाको रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दुरीको यो सडकमा पर्ने घोडेखोलामा बर्सेनि स्थानीयवासीले सास्ती खेप्दै आएका छन् । 

पुल नबन्दा वर्षायाममा यातायातका साधन ठप्प हुने गरेको छ भने घोडागाउँका स्थानीयवासी दैनिक उपभोग्य वस्तु किन्न किमिचौर बजार झर्दा काठको लप्काबाट खोला तर्न बाध्य छन् ।

नाै महिनामा निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार सडक पूर्वाधार विकास कार्यालय रोल्पाले गएकाे २०७७ पुसमा दुई करोड ५९ लाख २२ हजार रुपैयाँमा पुल निर्माणको जिम्मा जलजला आशु कन्ट्रक्शनले दिएको थियो । तर सम्झौता अवधि सकिन दुई महिनामात्र बाँकी हुँदा पुल निर्माणको काम भने ३० प्रतिशत पनि भएको छैन । 

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया