पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरि फरार रहेका किशोर पक्राउ

 भदौ १६, २०७८ बुधबार १३:५:४८ | दीपक भट्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रामेछाप – पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन करणी गरेर फरार रहेका एक किशोरलाई प्रहरीले पक्राउ गरेका छन् । 

बालकलाई ललाइफकाइ अप्राकृतिक मैथुन गरि फरार रहेका गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडी सालबोटेका १९ वर्षीय दिपेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो । उनले भदौ ५ गते एक्लै घरमा खेलिरहेको अवस्थामा बालकलाई फकाएर आफ्नो घर पुर्याएका थिए । खड्काले बालकलाई शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गर्ने क्रममा बालक चिच्चाएपछि उनी फरार भएका थिए ।

घटनापछि पीडित परिवारले खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेर दिएपछि त्यही उजुरीको आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको छ । पक्राउ परेका खड्कालाई रामेछाप जिल्ला अदालतबाट मंगलवार ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयाे । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया