सासूलाई बोक्सी भन्दै बुहारीले हत्या गरेर भिरबाट फालिन्

 भदौ १६, २०७५ शनिबार १८:५६:४६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा बोक्सीको आरोपमा एक बुहारीले सासूको हत्या गरेकी छिन् । दंगिशरण गाउँपालिका –३, बस्ने ६९ वर्षीया खोपी रावतलाई ४० वर्षीया बुहारी टंकी रावतले बोक्सी भएको भन्दै हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

यही भदौ २ गते सासूबुहारी नै दाङबाट सल्यानको कपुरकोट झारफुक गर्न गएको र ५ गते झारफुक गरेर फर्कँदै गर्दा कपुरकोट गाउँपालिका –२, शिवमन्दिर  नजिकै रहेको सामुदायिक वनको भकमको भिरमा हत्या गरेर फालेको बुहारी टंकीले प्रहरीमा बयान दिएका छन् ।

टंकीले आफू लगातार बिरामी भैरहने र झारफुक गर्नेले सासू खोपीलाई बोक्सी भनेपछि आफूले बाचुञ्जेल दुःख पाउने भन्दै सासूको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

भदौ २ गते घरबाट झारफुकका लागि सल्यान हिँडेका सासू–बुहारी भोलिपल्टदेखि फोन सम्पर्क नभएपछि घरपरिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरमा १२ गते हुलियासहित खोजबिनका लागि निवेदन दिएका थिए ।

सल्यानको भिरमा हिजो सासू खोपीको शव फेला परेपछि प्रहरीले बुहारीलाई खोज्दै जाँदा कपिलवस्तुको कृष्णनगरबाट पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक राजन रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलीले अभियुक्त टंकीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा सासूको हत्या आफूले गरेको स्वीकारका छन् । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया