रामेछापका पाँच जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी रोजे

 भदौ २२, २०७८ मंगलबार २०:१७:३१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतसहित पाँच जनप्रतिनिधिले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । 

एकीकृत समाजवादीमा जानेहरूमा मन्थली नगरपालिकाका मेयरसहित वडा नं १२ गेलुका निर्वाचित वडा सदस्यद्वय लीलाबहादुर बुढाथोकी र उमेश कार्की रहेका छन् । त्यसैगरी लिखु तामाकोशी गाउँपालिका ७ की वडा सदस्य भीमलक्ष्मी सार्कीले पनि एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोज्नुभएको छ । 

नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालन गर्न नसकेको र दुई/दुई पटक संसद् विघटन गरेका कारण एकीकृत समाजवादी पार्टी रोजेको मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । 

त्यसैगरी एमाले छाड्नेमा गोकुलगंगा गाउँपालिका ५ का वडाध्यक्ष बलराम खड्का हुनुहुन्छ । पाँचै जनाले आज मङ्गलवार जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरी नेकपा एमाले छाडेको जनाएका हुन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया