आज भैरव अर्यालको ८६ औं जन्मजयन्ती : साहित्यिक योगदानबारे विशेष चर्चा

 असोज ५, २०७८ मंगलबार १३:३४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली हास्य-व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्ती आज, विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएकाे छ ।

यही अवसरमा भैरव पुरस्कार गुठीले आयोजना गरेकाे कार्यक्रममा उहाँको साहित्यिक योगदान माथि चर्चा गरिएकाे छ । 

कार्यक्रममा वक्ताहरूले हास्य-व्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदानको स्मरण गर्दै उहाँका रचनाहरू कालजयी भएको बताएका छन् । नेपाली साहित्य बाहेक पत्रकारिताको क्षेत्रमा पनि उहाँको देन अमूल्य रहेको उनीहरुकाे भनाइ थियाे । 

अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उनीहरूले राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको गुनासो गरेका छन् । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरू बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पार्नुभयाे।

भैरव स्मृति भवनमा निर्मित सभाकक्षकाे हास्य-व्यङ्ग्यकार वासुदेव लुइँटेल, आख्यानकार रमेश विकल (सर्मिपत) तथा अत्याधुनिक पुस्तकालयको वाग्मती प्रदेशका सभासद् छिरिङ दोर्जे लामाले उद्घाटन गर्नुभएकाे छ।

१९९३ साल असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले ४० वर्षको उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गरेका गर्नुभएकाे थियाे । अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका कृतिहरू लोकप्रिय छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया