रोल्पामा भिरबाट लडेर एक वर्षमै २५ जनाको ज्यान गयो

 असोज १४, २०७८ बिहिबार ९:३७:९ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा - राेल्पामा भिरबाट लडेर याे वर्षमात्रै २५ जनाकाे ज्यान गएकाे छ । 

भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट लडेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ ।

विभिन्न ठाउँमा भएका अलग/अलग घटनामा २५ जनाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भिरबाट लडेर चार जनाको ज्यान गइसकेकाे छ।

ज्यान गुमाउनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएकाे छ । घाँस दाउरा र मेलापात गएकाहरूकाे समेत भिरबाट लडेर ज्यान जाने गरेकाे छ। 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया