बिमस्टेक सम्मेलनले अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि उज्यालो भयो : प्रधानमन्त्री ओली

 भदौ १८, २०७५ सोमबार १६:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलन सफतापूर्वक सम्पन्न भएको बताउनु भएको छ । 

प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजिल्याउन पनि महत्वपूर्ण भूमिको खेलेको स्पष्ट पार्नु भयो । सोमबार सिंहदरबारमा आयोजित बिमस्टेक शिखर सम्मेलनको समक्षा बैठकमा बोल्दै उहाँले अन्तराष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन पनिसम्मेलनले योगदान दिएको निष्कर्ष पनि सुनाउनुभयो । 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनबाट पर्वतीय अर्थतन्त्र, वातावरण, कनेक्टिभिटी जस्ता नेपालको राष्ट्रिय प्राथमिकतालाई स्थापित गराउन पनि सम्मेलन सफल भएको दावी गर्नु भयो । बिमस्टेक मूल तयारी समितिका अध्यक्ष समेत रहनु भएका उहाँले सम्मेलनले अन्तराष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनु भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

समीक्षा बैठकले बिमस्टेक शिखर सम्मेलनका क्रममा भएको सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँगको द्विपक्षीय भेटवार्ता पनि फलदायी रहेको निष्कर्ष पनि निकालेको छ । त्यस अवसरमा प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मन्त्रालय, सुरक्षा निकाय, संचारकर्मीलगायतलाई धन्यवाद पनि व्यक्त गर्नु परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

गएको भदौ १४ र १५ गते काठमाडौंमा आयोजित बिमस्टेक चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै भव्यताका साथ सम्पन्न भएको थियो । सम्मेलनले नेपालको प्राथमिकतामा रहेको पर्वतीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्नेलगायतका प्रस्तावलाई पारित गराउन सफल भएको भन्दै प्रधानमन्त्री ओलीको प्रसंशा गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया