रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलोपटक भिडिओ एक्सरे सेवा सुरु

 असोज २१, २०७८ बिहिबार १२:३३:५६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलो पटक भिडिओ एक्सरे सेवा सुरु भएको छ ।

स्वास्थ्य सेवा विभाग र त्रिवेणी गाउँपालिकाको सहयोगमा नेर्पा स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालन गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले जानकारी दिनुभयो । विभागबाट मेसिन प्राप्त भएको र भवन तथा जडानका लागि गाउँपालिकाबाट करिब १२ लाख रुपैयाँ सहयोग भएपछि सेवा सुरु गरिएको हो । नेर्पा स्वास्थ्य चौकीमा भिडिओ एक्सरे सेवा सुरु भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीहरुलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ ।

सेवालाई थप प्रभावकारी बनाउन सुरुमा अन्यत्रभन्दा सस्तो दरमा सेवा प्रवाह गरिरहेको रेडियोग्राफर दिनेश महराले बताउनुभयो । अन्यत्र ५ सय रुपैयाँ भन्दा बढी लाग्ने एक्सरे सेवा नेर्पा स्वास्थ्य चौकीले ३ सय रुपैयाँमै प्रदान गरिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया