नगरपालिकाको दुध बोक्ने ट्याङ्कर प्रयोगविहीन

 कात्तिक १, २०७८ सोमबार १२:१२:२० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पा नगरपालिकाले गत ३ वर्ष अघि खरिद गरेको दुध बोक्ने ट्याङ्कर प्रयोगविहीन बनेको छ ।

किसानहरुले उत्पादन गरेको दुधलाई बजारीकरण गर्ने उद्देश्यले प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा ल्याइएको ट्याङ्कर लामो समयसम्म प्रयोगमा आउन नसक्दा बिग्रिन थालेको छ । नगरपालिकाले ट्याङ्कर प्रयोगमा ल्याउन नसकेको भन्दै दुग्ध विकास संस्थान बुटवल र नेपालगञ्जले भाडामा दिन आग्रह समेत गरेका थिए । तर नगरपालिकाले आफै प्रयोग गर्ने भन्दै दिन नमानेपछि लाखौँ रुपैयाँ मूल्यको ट्याङ्कर प्रयोगविहीन भएको हो ।

नगर प्रमुख पूर्ण केसीले ट्याङ्कर प्रयोगमा ल्याउने तयारी भइरहेको बताउनुभयो । किसानहरुलाई गाईभंैसीमा अनुदान दिई दुध उत्पादनमा वृद्धि गर्ने नगरपालिकाको योजना रहेको समेत केसीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया