राेल्पामा बस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गयाे

 मंसिर २, २०७८ बिहिबार १९:२८:० | माधवकुमार ओली
unn.prixa.net

बस खसेकाे ठाउँ

राेल्पा – रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा आज बिहीवार बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ज्यान गुमाउनेको पहिचान भने खुलिसकेको छैन । घाइते ११ जनाको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ ।

दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा सडकबाट माडी खोलामा खसेको हो ।

प्रहरी जाँचमा बसमा १० जना भएको पाइए पनि बाटोमा थप मानिस पनि चढाएको हुन सक्ने कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया