एमाले १० औँ महाधिवेशन : सजाइँदै नारायणी नदी किनार (तस्बिरहरू)

 मंसिर ८, २०७८ बुधबार १६:४४:२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा हुन लागेको नेकपा (एमाले) को १० औँ महाधिवेशनका लागि चितवनको नारायणी नदी किनार सजाइँदै छ । महाधिवेशनका लागि नदी किनार सरसफाइ गरिएको छ ।

नारायणी नदी किनार महाधिवेशनको उद्घाटन स्थल भएकाले अहिले मुख्य मञ्च बनाउने काम भइरहेको छ । यस्तै २५ ठाउँमा 'सेल्फी प्वाइन्ट' बनाइएको छ । 

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । याे महाधिवेशनकाे उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी हुने एमालेले जनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा गर्ने तय भएको छ ।

महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ बनाइएकाे हो । कार्यक्रममा आउने सहभागीले सजिलै आफ्नो तस्बिर आफैँले लिन सक्ने गरी 'सेल्फी प्वाइन्ट' बनाइएकाे छ । 

तस्बिरहरू–

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया