बंगलादेशविरुद्ध नेपालले लियाे अग्रता, सेमीफाइनलकाे अाशा बलियाे

 भदौ २३, २०७५ शनिबार १९:३३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसंग १ शून्यको अग्रता लिएको छ ।

बंगलादेशलाई हराउनैपर्ने दबाबका साथ मैदान उत्रिएको नेपाली टोलीका लागि खेलको ३३ औ मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन् ।

बंगलादेशी खेलाडीले फाउल गरेपछि पाएको फ्रिकिक गोलमा परिणत भएको थियो । विमलको प्रहार बंगलादेशका गोल रक्षकको हातबाटै गोलपोष्टमा छिरेको थियो । बंगलादेशलाई हराए नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया