टाटा मोटर्सले ल्यायो विन्टर सर्भिस क्याम्प याेजना

 पुस २, २०७८ शुक्रबार १२:१६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विन्टर सर्भिस क्याम्पको योजना ल्याएको छ । 

पुष १ गतेदेखि सञ्चालनमा आएको विन्टर क्याम्प सर्भिस अन्तर्गत स्पेयर पार्टस्, सर्भिसिङ तथा लुब्रिकेन्ट्स लगायतमा आकर्षक छुट पाइने भएकाे छ । 

कम्पनीले टाटाका गाडीका स्पेयर पार्ट्समा १० प्रतिशत छुटका साथै ६ महिनाको वारेन्टी दिने भएको छ । यस्तै लुब्रिकेन्ट्स अन्तर्गत टाटाको जेन्युअन आयल अर्थात इन्जिन, गियर र क्राउन आयलमा १५ प्रतिशत छुट पाइने भएको छ। 
हाउजिङ आयल, ब्रेक आयल, क्लच आयल, स्टेरिङ आयल, कुलेन्ट, डीईएफमा २० प्रतिशत छुट दिने सिप्रदीले जनाएकाे छ। 

इन्जिनकाे हेल्थ चेकअप तथा एफआईपी, इलेक्ट्रिकल, सफ्टवेयर र ब्याट्रीको जाँच भने नि:शुल्क गरिने भएकाे छ । साथै जाडो महिनामा गाडीको सुरक्षा कसरी गर्ने भन्नेबारे डिजिटल प्लाटफर्ममार्फत जानकारी गराइने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

यो योजना आउँदो पुष १६ गतेसम्म सञ्चालन हुने भएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया