प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी सेमिफाइनलमा

 पुस ४, २०७८ आइतबार १३:३१:६ | सीताराम ओझा
unn.prixa.net

कैलाली - लुम्बिनी प्रदेश कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन आज भएको पहिलो खेलमा जित हात पार्दै लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगेको हो ।

लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । कर्णालीले दिएको १८ रनको लक्ष्य लुम्बिनीले ३ दशमलव १ ओभरमा विना विकेट क्षति भेट्टायो । लुम्बिनीको जितमा लक्ष्मी चौधरीले १२ र नेरी थापाले ५ रन बनाइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै कर्णालीले हुस्सुका कारण ६ ओभरमा खेलिएकाे खेलमा १७ रन बनाएको थियो । कर्णालीले निर्धारित ओभरमा ३ विकेट क्षतिमा १७ रन बनाएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले ७ रन र दीक्षा पुरीले अविजित ७ रन बनाए । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुसालले दुई र नेरी थापाले एक विकेट लिइन् ।

दोस्रो खेलमा वाग्मती प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् । नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको सह आयोजनामा  सञ्चालन भइरहेको प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ ।

सात प्रदेश र एक विभागीय गरी ८ समूह सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइँदैछ । समूह 'ए' मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह 'बी' मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने समूहले ५ लाख, द्वितीयले ३ लाख, सिरिजतर्फकाे उत्कृष्ट खेलाडीले २५ हजार, बलिङतर्फकाे उत्कृष्ट खेलाडीले १५ हजार तथा ब्याटिङ तर्फकाे उत्कृष्ट खेलाडीले १५ हजार, ओम्यान अफ द म्याचले दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया