कैलालीमा युवक हत्या प्रकरण : पूर्व–पश्चिम राजमार्ग बन्द

 पुस ९, २०७८ शुक्रबार १६:४३:५७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीको जानकी गाउँपालिका ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् ।

हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै लम्कीमा स्थानीयवासीले राजमार्ग बन्द गरेका हुन् । राजमार्ग बेलुकासम्म बन्द रहने सङ्घर्ष समितिका संयोजक ललित परियारले बताउनुभयाे । 

दासको हत्याका दोषीलाई तत्काल पक्राउ गरेर कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ । जिल्ला प्रहरी कार्यालय कैलालीले भने केहीबेरमा राजमार्ग खोलिने जनाएको छ । राजमार्ग खोल्न प्रयास भइरहेको र चाँडै खोलिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयाे । 

गएकाे शुक्रवार बेलुका घरबाट हिँडेका अर्जुन दासकाे शव शनिवार नजिकैकाे अमरावती सामुदायिक वनमा भेटिएकाे थियाे । यस घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका र अरू तीन जना फरार रहेका प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया