तरुण दलका नेता पुनकाे हत्यामा प्रहरी मुकदर्शक बन्याे: कांग्रेस

 भदौ २४, २०७५ आइतबार २०:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - रोल्पाकाे लिवाङ्ग नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष रोहित पुनलाई सुनिल स्मृति गाउँपालिकाकाे सुलिचौरमा अाइतबार गाेली हानी हत्या गरिएकाेमा नेपाली कांग्रेसले भर्त्सना गरेकाे छ ।

मुख्य सचिव कृष्ण प्रसाद अाचार्यले जारी गरेकाे प्रेस विज्ञप्तिमा पुनकाे गोली हानी हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएकाे छ । साथै यस्ता अापराधिक क्रियाकलापको नेपाली कांग्रेसले घोर भर्त्सना र निन्दा गर्ने पनि  विज्ञप्तिमा उल्लेख छ  । 

विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दूरीमा रहेको र हत्याराले गोली हान्दा प्रहरी मुकदर्शक भई बस्नु र तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद रहकाे पनि उल्लेख छ ।

साथै, यस्ता अापराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडाभन्दा कडा कार्वाही गर्न नेपाल सरकारसँग नेपाली कांग्रेसले माग पनि गरेकाे छ । 

 

रोल्पामा तरुण दलका नेताको गोली हानी हत्या


 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया