राेल्पा : तालिम र अनुदानले कृषिमा आकर्षण

 पुस १५, २०७८ बिहिबार २०:२८:१ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पका नरसिङ पुन हिजोआज आफ्नै खेतबारीमा व्यस्त हुनुहुन्छ । तरकारी खेतीबाट घरगाउँमै राम्रो आम्दानी हुने भएपछि पुनले व्यावसायिक तरकारी खेती सुरु गर्नुभएको हो ।

लुङ्ग्री गाउँपालिकाको समन्वयमा मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाले सञ्चालन गरेको दिगो तथा मर्यादित, सामाजिक, आर्थिक सशक्तिकरण कार्यक्रमले तालिम तथा कृषि सामग्री सहयोग गरेपछि पुन जस्तै यहाँका स्थानीयवासी व्यावसायिक कृषिमा लागेका हुन् ।

गाउँमै कृषि प्राविधिकबाट प्राङ्गारिक झोल मल बनाउने ज्ञान पाएपछि उनीहरूलाई थप टेवा पुगेको छ । कृषि प्राविधिक गाउँमै आएर प्राङ्गारिक मल र विषादी बनाउन सिकाएपछि तरकारी खेतीमा सहज भएको लुङ्ग्री गाउँपालिका १ पाङका रणबहादुर विष्टले बताउनुभयो । ‘तितेपाती, सिस्नु लगायतका झारपातबाट विषादी बनाउने गरेका छौँ’, उहाँले  भन्नुभयो, ‘यसको प्रयोगले उत्पादनमा पनि वृद्धि भएको छ ।’

विष्टले टनेलमा लगाएको गोलभेँडा खेतीले राम्रो उत्पादन दिएको छ । तरकारी उत्पादन फस्टाउँदै गएपछि आम्दानी पनि बढ्न थालेको उहाँको भनाइ छ । गएको वर्ष मात्रै झन्डै तीन लाख रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयो । 

पालिका र विभिन्न संस्थाको सहयोगमा तालिम, अनुदान पाएपछि यहाँका स्थानीयवासी व्यावसायिक कृषिमा प्रेरित भएका हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया