कोरोना सङ्क्रमणको जोखिम बढेपछि कर्णाली भित्रिने मुख्य नाकामा हेल्थ डेस्क

 माघ ९, २०७८ आइतबार १०:५८:३४ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कोरोना सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको सहयोग तथा समन्वयमा भेरीगङ्गा नगरपालिका-१० को तोलिखोला (छिन्चु)मा आजदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । 

बबई हुँदै भारत तथा अन्य देशबाट आउने नागरिकहरुलाई विशेष लक्षित गरेर हेल्थ डेस्क सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयाे । 

उहाँले हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच गरिने र लक्ष्ण देखिएकाहरुको एन्टिजेनमार्फत कोरोना परीक्षण गरिने बताउनु भएकाे छ । त्यस ठाउँमा होल्डिङ सेन्टर निर्माण हुँदै गरेको अहिले अस्थायी रुपमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयाे । 

हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश सरकारले स्वास्थ्य जनशक्ति पठाएको छ । उहाँले यसअघि सुर्खेत विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको बताउनु भयाे ।  

कोरोना सङ्क्रमणको तेस्रो लहर आएपछि कर्णालीमा  पनि कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ७२ रहेकाे छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया