‘अर्घाखाँचीमा सिटामोल अभाव छैन’

 माघ ९, २०७८ आइतबार २०:३२:१२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीका औषधि पसलमा सिटामोल लगायतका अत्यावश्यक औषधिकाे अभाव नरहेको देखिएको छ । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको संयोजकत्वमा आज आइतवार सन्धिखर्क नगरपालिका र चुत्राबेसी बजारका औषधि पसलमा अनुगमन गर्दा औषधिको भण्डारण आवश्यक मात्रामा भण्डारण गरिएको देखिएको हो । 

देशभर सिटामोल लगायतका औषधिकाे कमी भएको भन्ने गुनासो बढेपछि मेडिकल, फार्मेसी तथा पोलिक्लिनिकमा अनुगमन गरिएको र अनुगमनमा औषधि सकिएको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । सिटामोल लगायतका औषधिकाे अभाव हुन नदिन औषधिको पर्याप्त भण्डारणमा ध्यान दिन औषधि व्यवसायीलाई आग्रहसमेत गरिएको उहाँकाे भनाइ छ । 

केही औषधि पसल मापदण्ड विपरीत सञ्चालन भएको देखिएको हुँदा कानुनी प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनुभयो । 

प्रजिअ, सहायक प्रजिअ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, घरेलु तथा साना उद्योग व्यवसायी समितिका प्रमुख, उद्योग अधिकृत, जिल्ला स्वास्थ्य कार्यालय, औषधि व्यवसायी समिति, नेपाल पत्रकार महासङ्घका प्रदेश सदस्यलगायतको टोलीले औषधि पसलकाे अनुगमन गरेको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया