'टाटा मोटर्सको धमाका : न पहिले, न कहिल्यै'काे समयावधि थप

 फागुन २०, २०७८ शुक्रबार १७:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा माेटर्सले ल्याएकाे 'टाटा मोटर्सको धमाका : न पहिले, न कहिल्यै' याेजनाकाे समय अवधि थप गरिएकाे छ । 

गएकाे माघ १८ गतेदेखि लागू भएको यो योजना फागुन १६ गतेसम्मका लागि सार्वजनिक गरिएको थियो । ग्राहकको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई आउँदाे चैत १७ गतेसम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङ प्रालिले जनाएकाे छ । 

कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाइ दिने सोच बनाएका ग्राहकहरुलाई आर्थिक अवस्थामा सहज होस् भन्ने उद्देश्यले याे याेजना ल्याइएकाे कम्पनीले जनाएकाे छ । 

ग्राहकहरुले पहिले कहिल्यै नपाएको सुविधाहरु यस योजना अन्तर्गत प्राप्त गर्ने दाबी कम्पनीले गरेको छ ।

यस याेजना अन्तर्गत नगद खरिदमा विशेष छुट, क्यास ब्याक अफर, नगद खरिदमा विशेष छुटसहित ए.एम.सीको सुविधा, नगद खरिदमा तीन सरल किस्ताको सुविधा, आकर्षक अफरसहित एक्सचेन्जको सुविधा, थ्री ईएमआईसम्म छुटको सुविधा र पुरानो टिपरको स्क्र्याच  ल्याएर नयाँ गाडी खरिद गर्दा तीन लाखसम्मको छुट दिइने कम्पनीले जनाएकाे छ। 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया