टाटा मोटर्सले ल्यायो 'होली सर्भिस क्याम्प' याेजना

 फागुन २२, २०७८ आइतबार ११:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सले 'होली सर्भिस क्याम्प' योजना ल्याएको छ । 

टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आजदेखि आउँदाे चैत दुई गतेसम्म सञ्चालन गर्ने गरी याे योजना ल्याएको हो । होली सर्भिस क्याम्पमा टाटाका जेन्युअन स्पेयर पार्टस्मा ७ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएकाे छ ।

यस्तै गियर बक्स तथा क्राउन ओभर हल गर्दा स्पेयर पार्टस्मा १० प्रतिशत छुट दिनुका साथै ६ महिनाको वारेन्टी दिने कम्पनीले जनाएको छ । इन्जिन, क्राउन तथा गियर आयलमा १५ प्रतिशत छुट दिइने योजना रहेको छ । 

ब्रेक, स्टेरिङ्ग आयल, हाइड्रोलिक आयल, कल्च आयल तथा डीईएफमा २० प्रतिशत छुट दिइने कम्पनीले जनाएकाे छ । यस्तै निःशुल्क इन्जिन हेल्थ चेक अप तथा सञ्जीवनी योजनामा इन्जिन बनाउँदा आकर्षक उपहार पनि उपलब्ध हुने भएकाे छ । 

निःशुल्क एफआईपी चेक, निःशुल्क इलेक्ट्रिकल चेक तथा कम्प्युटर डाइग्नोसिस प्रि सर्भिस बुकिङ्ग गरेर आएको खण्डमा सर्भिसिङ्गकाे काम दुई घण्टा, एग्रिगेट ओभरहलको काम ४८ घण्टा र इन्जिन ओभरहलको काम ६ दिनभित्र सकिने ग्यारेन्टी कम्पनीले दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया