सञ्जय दत्तलाई सहानुभूति दिन ‘सञ्जु’ को विषयवस्तु परिवर्तन गरें : निर्देशक हिरानी

 भदौ २९, २०७५ शुक्रबार १५:१९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’ रिलिज भएसँगै यस फिल्मले बलिउडमा अरु फिल्मका रेकर्ड तोड्दै ५०० करोडभन्दा बढीको व्यापार गरेको थियो । 

यस फिल्ममा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरेका रणवीर कपूरको अभिनय त झन् सर्वाधिक चर्चाको विषय बनेको थियो । फिल्ममा सञ्जय दत्तको भूमिकामा रहेका रणवीर कपूरलाई हेर्दा उनी रणवीर कपूर हुन् वा सञ्जय दत्त भन्ने छुट्याउनै गाह्रो थियो । तर यति हुँदाहुँदै पनि यस फिल्मका निर्देशक राजकुमार हिरानी भने आलोचनाबाट बच्न सकेनन् । 

जति प्रशंशा यस फिल्मका अभिनेता रणवीर कपूरको भएको थियो त्यति नै चर्को विरोध हिरानीको भयो । राजकुमार हिरानीले फिल्म ‘सञ्जु’ सञ्जय दत्तको विवादित छविलाई राम्रो बनाउनकै लागि बनाएको भन्ने खालका आरोपहरु लगाइए ।

साथै उनले सञ्जयको वास्तविक जीवनका घटनाहरु ढाकछोप गरेर केवल राम्रो कुरालाई बढाइचढाइ गरेर फिल्ममा देखाएको भन्ने खालका आरोप पनि लगाइयो । 

अहिले आएर राजकुमार हिरानी स्वयमले फिल्म ‘सञ्जु’ को छायाँकनको केही समय अगाडि यस फिल्मको स्क्रिप्ट परिवर्तन गरेको स्वीकार गरेका छन् । यस फिल्मबाट दर्शकहरुको तर्फबाट सञ्जय दत्तलाई सहानुभूति मिलोस भन्ने सोचेर हिरानीले फिल्मको स्क्रिप्ट परिवर्तन गरिएको बताए ।

हिरानीले भन,े ‘मेरो फिल्मका माध्यमबाट अभिनेताप्रति सहानुभूति देखाउन जरुरी थियो । सुरुवातमा फिल्मको वास्तविक कथा देखाउन चाहन्थें, तर फिल्म राम्रो बनाउनका लागि पछि धेरै परिवर्तन गर्नु पर्‍यो ।’  

हिरानीले फिल्म ‘सञ्जु’ मा सञ्जय दत्तको दुव्र्यसनको लतमा फसेको, उनको प्रेम जीवन, सन् १९९३ मा भएको बम बिस्फोट र हतियार राखेको, उनको बुवाआमा र साथीभाईबीचको सम्बन्धलाई देखाएका थिए ।     

हिरानीले भने ‘म सञ्जय दत्तको मिल्ने साथी होइन । मैले उनको जीवनीमा फिल्म बनाउनुको कारण उनको कथा हो ।’ उनले अगाडि भने ‘मैले सञ्जय दत्तलाई लिएर फिल्म ‘मुन्ना भाई एमबिबिएस’ र ‘लगे रहो मुन्नाभाई’ बनाएको छु । तर उनीसँग बसेर कहिले पनि पार्टी गरेको छैन । मैले उनी र उनका साथीभाइहरुसँग कहिले पनि जमघट गरेको छैन ।  सञ्जय दत्तसँग सञ्जय गुप्ता, महेश मान्जेकर लगायत अन्य व्यक्तिहरु नजिक छन् । ’      

                       
हिरानीले भने, ‘फिल्म मुन्नाभाईको छायाँकनका क्रममा सञ्जय दत्तलाई भेट्न उनका साथी सञ्जय गुप्ता र महेश सेटमै आउँथे । साथै उनीहरुबीच पार्टी, रक्सी लगायतका कुरामा कुराकानी तथा हाँसो मजाक हुने गथ्र्यो । तर मेरा अगाडि सञ्जय यस विषयमा कुरा गर्न हिचकिचाउँथे । त्यसैले सञ्जय र म मिल्ने साथी होइनौं । तर मैले उनको जीवनीमा फिल्म बनाएँ र फिल्मभित्र आफ्नो सोच पनि राखेको छु ।’  

साथै उनले भने, ‘सञ्जयका धेरै बानी व्यवहारहरु गलत थिए । जस्तै आफ्नै साथीकी प्रेमिकासँग सम्बन्ध राख्नु, हतियार राख्नु, लागुऔषध सेवन गर्नु उनका खराब बानी थिए तर उनी गुण्डा होइनन् । उनी मनबाट एक असल ब्यक्ति हुन् । ’  
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया