रामेछापमा बम विस्फाेट हुँदा एक जना गम्भीर घाइते

 चैत ११, २०७८ शुक्रबार १३:२७:४८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछाप नगरपालिका–४ हिमगङ्गाको धारापानी बसेरीमा रहेकाे लिखु नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा बम विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् । 

बम विस्फोट हुँदा रामेछाप नगरपालिका–४ हिमगङ्गाका ३४ वर्षीय टुकबहादुर श्रेष्ठ गम्भीर घाइते हुनुभएकाे छ । घाइते श्रेष्ठको स्थानीय साँघुटार स्वास्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयाे । घाइते श्रेष्ठको काठमाण्डाैकाे टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उहाँका अनुसार माछा मार्न विस्फोटक पदार्थसहित श्रेष्ठसँगै गएका अन्य तीन जनालाई प्रहरीले लिखु नदीबाट पक्राउ गरेको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का ३० वर्षीय बुद्ध लामा र वडा नं–४ का ५२ वर्षीय रामबहादुर विक तथा भद्रकाली गाउँपालिकाका २९ वर्षीय निल लामालाई प्रहरीले रामेछाप नगरपालिका–४ हिमगङ्गा धारपानीबाट पक्राउ गरेकाे हाे । 

प्रहरीले नियन्त्रणमा लिइएका तीन जनालाई विस्फाेटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरी म्याद थपसहित कारबाहीका लागि अनुसन्धान बढाइने जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया