बायर्न म्युनिखकाे लगातार दाेस्राे जित

 भदौ ३१, २०७५ आइतबार ६:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुण्डेस लिगामा बायर्न म्युनिख विजयी भएको छ । शनिबार भएको खेलमा लिभर कुसेनलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । 

सुरुमै १ गोलले पछि परेको बायर्नले खेलमा पुनरागमन गरेको हो । लिभर कुसेनका लागि ५ औं मिनेटमा बेन्ड्लेले पेनाल्टी माफर्त गोल गर्दै अग्रता दिलाएका थिए । तर क्रोएसियन टिलेसोले १० औं मिनेटमा गोल गर्दै बायर्नलाई बराबरीमा ल्याएका थिए ।

यसैगरी १९ औं मिनेटमा आन्जे रोबेनले गोल गर्दै बायनलाई २–१ को अवस्थामा लगेका थिए । पहिलो हाफमा २–१ ले अघि रहेको बायनले दोस्रो हाफमा थप १ गोल गरेको थियो । ८९ औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया