रामेछापमा नदीमा डुबेर एक जनाकाे ज्यान गयाे

 चैत १८, २०७८ शुक्रबार १९:२९:२५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापकाे मन्थली नगरपालिका १ हाटेचौरमा रहेकाे तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशाेरकाे ज्यान गएको छ । आज शुक्रवार दिउँसाे नदीमा पौडी खेल्ने क्रममा डुबेर रामेछापको शैलुङ गाउँपालिका २ दोरम्बाका १९ वर्षीय ईशान विश्वकर्माकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

विश्वकर्मा म्यादी प्रहरीमा भर्ना हुनका लागि केही दिनदेखि सदरमुकाम मन्थलीमा बस्दै आएका थिए । साथीहरूसँग तामाकोसी नदीमा पौडी खेल्न गएका उनी नदीमा डुबेर बेपत्ता भएका थिए ।   

घटनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खाेजी गर्दा उनकाे शव भेटाएकाे थियाे । मृतक विकको शव पोस्टमार्टमका लागि मन्थली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया