स्थानीय तह चुनावमा एमालेसँंग सहकार्य हुन सक्छ : अध्यक्ष थापा

 चैत २१, २०७८ सोमबार १९:३:३३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । आज साेमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । 

अहिलेकाे परिस्थितिमा राप्रपा नेपाल एक्लै चुनावमा जाँदा सोचेजति परिणाम ल्याउन नसक्ने अवस्था भएकाले एमालेसँग मिलेर जाने आन्तरिक तयारी पार्टीले गरिरहेको अध्यक्ष थापाकाे भनाइ छ ।  

आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूको अविवेकीपूर्ण कामले देश तहसनहस भएकाे उहाँले दाबी गर्नुभयाे । गएकाे १५ वर्षकाे बीचमा राप्रपा नेपालबाट पनि कमजाेरी भएको स्वीकार्दै अध्यक्ष थापाले नेतृत्वमा आफू रहेकाले माफी दिन जनतासँग आग्रह गर्नुभयाे ।  

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका झन्डै ३० जना राप्रपा नेपालमा प्रवेश गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया