जुम्लामा नयाँ वर्षमा मनाइन्छ 'तागे सङ्क्रान्ति'

 बैशाख १, २०७९ बिहिबार १५:११:१८ | नेत्र शाही
unn.prixa.net

नेपाली नयाँ वर्षका दिन तागा लगाइँदै, तस्बिर : नेत्र शाही जुम्ला

जुम्ला – जुम्लामा नेपाली नयाँ वर्षको अवसरमा तागे सङ्क्रन्ति मनाइने गरिएको छ । यहाँको संस्कृतिअनुसार नयाँ वर्षमा तागे सङ्क्रान्ति मनाइने गरिएको हो । 

घरघरमा पुगेर ब्राह्मणले यजमानलाई तागा र पाती दिएर यो सङ्क्रान्ति मनाइने गरिन्छ । विशेषगरी विवाहित महिलाले धागोबाट तयार गरिएको तागा लगाएर परिवारको रक्षाको निम्ति कामना गर्छन् । ब्राह्मणले दिएको धागोको तागा श्रीमानले श्रीमतीलाई हस्तान्तरण गर्ने चलन भएको जानकारहरू बताउँछन् । 

खस संस्कृतिका जानकार रमानन्द आचार्यले नयाँ वर्षमा मनाइने तागे सङ्क्रान्तिमा धागोको सात वटा गाँठा पारेर महिलाहरूले लगाउने चलन रहेको बताउनुहुन्छ । 

आजको दिन हातमा तारा लगाएपछि महिलाहरूले झोडा गीत गाएर रमाइले पनि गर्ने चलन रहेको चन्दननाथ नगरपालिका ४ का शुलोचना हितानले बताउनुभयो । यसैगरी पिठोको पुवा भुटेर खाने चलनसमेत रहेको छ । 

खस संस्कृतिका जानकार आचार्यले यो पर्व कृषि कर्मसँग पनि सम्बन्धित रहेको बताउनुभयो । उहाँका अनुसार आजको दिन मार्सीधानको बेर्ना राखेको खेतमा पुरानो पानी हटाउने, त्यसपछि दुई–तीन दिन बेर्ना सुकाउने, आर्सो (स्थानीय मल) हाल्ने र नयाँ पानी हाल्ने चलन रहेको छ । त्यसरी राखिएको बिउ जेठ १ गते  रोप्ने गरी तयार हुने आचार्य बताउनुहुन्छ । 

आज लगाएको तागा हरेक कात्तिक ६ गते निकाल्ने र नदीमा बगाउने चलन रहेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया