जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्षद्वारा गाडी फिर्ता

 बैशाख १०, २०७९ शनिबार ९:४४:५४ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकालाई गाडी फिर्ता गर्नुभएको छ । उहाँले कार्यअवधि सकिनै लाग्दा आफूले प्रयोग गरेको गाडी फिर्ता गर्नुभएको हो।

प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापाका अनुसार हिजाे अध्यक्ष न्यौपानेले कार्यालयमा गाडी बुझाउनु भएको र गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने भएको छ।

न्यौपानेले चुनाव आउनै लागेकाले कार्यालयलाई गाडी बुझाउनु नैतिक दायित्व भएकाे पनि बताउनु भयाे । 'धेरैजसो गाडीहरु चुनावका समयमा राजनीतिक कार्यक्रममा प्रयोग हुने गरेको पाइन्छ । अब कार्यालयलाई फिर्ता गर्दा ठिकै होला भन्ने लागेर गाडी बुझाएकाे हुँ' उहाँले भन्नुभयाे । 

न्यौपाने माओवादी केन्द्रको तर्फबाट २०७४ सालको चुनावमा अध्यक्ष पदमा विजय हुनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया