रामेछापमा सत्तारुढ गठबन्धनमा कुरा मिलेन, कांग्रेसले एक्लै उम्मेदवारी दिने

 बैशाख १२, २०७९ सोमबार ११:२४:१६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापमा सत्तारुढ गठबन्धनबीच पद भागबन्डा नमिलेपछि नेपाली कांग्रेस एक्लैले उम्मेदवारी दिने भएको छ ।

नेपाली कांग्रेस रामेछापले २ नगरपालिकासहित ६ वटा पालिकाहरुमा आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । मन्थली नगरपालिकाको मेयरमा विनोद कार्की र उपमेयरमा यशोदा श्रेष्ठलाई तथा रामेछाप नगरपालिकाको मेयरमा लवश्री न्यौपाने र उपमेयरमा सुशीला लामालाई उम्मेदवार बनाइएको छ । 

त्यसैगरी कांग्रेसले लिखु तामाकोशी गाउँपालिकाको प्रमुखमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङ (खड्का), उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा जितबहादुर कटुवाल  र उपाध्यक्षमा सावित्री सुनुवार, गोकुलगङ्गा गाउँपालिकाको अध्यक्षमा काजीबहादुर खड्का (दिनेश) र उपाध्यक्षमा उषा कार्की (बस्नेत) लाई उम्मेदवार बनाएको छ । 

त्यस्तै दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा मानबहादुर लामा र उपाध्यक्षमा खमला थापामगर, सुनापति गाउँपालिकाको अध्यक्षमा कमान खड्का (दिपेन्द्र) उपाध्यक्षमा शान्ति मोक्तान र खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नवराज थोकर र उपाध्यक्षमा चण्डिका उप्रेतीलाई उम्मेदवार बनाइएको नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायणबहादुर बोगटीले जानकारी दिनुभयो ।  
    

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया