टाटा टियागोले पार गर्यो चार लाखको माइलस्टोन

 बैशाख २६, २०७९ सोमबार १३:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले यतिबेला आक्रमक बजार लिइरहेको छ। कम्पनीको उत्पादनहरू आन्तरिक बजारमा मात्र नभइ अन्तर्राष्ट्रिय बजार वा भनौँ बाह्यबजारमा पनि निकै मागका साथनिर्यात हुँदैछ। 

टाटा मोटर्सले इन्धनबाट चल्ने गाडी उत्पादनसँगै बिजुलीबाट चल्ने उत्पादनमा पनि उत्तिकै चासो देखाइरहेको छ। कम्पनीले नयाँ भेरियन्टका गाडीहरू सार्वजनिकसँगै आफ्नो उत्पादन क्षमता पनि बढाएको छ।

यस्तैमा हालै टाटा टियागोको ४ लाखऔँ गाडी बिक्री भइसकेको छ। टाटा मोटर्सको भारतको गुजरातमा रहेकाे सनान्द प्लान्टबाट गएकाे बिहीवार ४ लाखऔँ टियागो बिक्रीको लागि बाहिरिएको थियोे। टियागो एक मानक ह्याचब्याग हो, जसले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ । टाटा मोटर्सको उत्पादनमध्ये यो कोशेढुङ्गा पार गर्ने टियागो पहिलो गाडी हो।

टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार पायो । यो गाडी हरेक उमेरका खरिदकर्ताको लागि उपयुक्त छ । अझ विशेष पहिलो पटक गाडी किन्ने ग्राहकहरूलाई टियागोको विशेषताहरूका कारण लोभ्याउन सफल छ।

टियागो सुरक्षा र विशेषताहरूसँगै स्टाइल र आवरणका कारण पनि विशेष छ। 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया