दोस्रो दिनकाे ट्रफी टूर तरुण माविमा

 असोज २, २०७५ मंगलबार १९:४०:३० | उज्यालो सहकर्मी

काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिग ट्रफी टूर मंगलबार पनि जारी रह्यो ।

एक साता लामो चल्ने कार्यक्रमको दोस्रो दिन मंगलबार बालाजुमा रहेकाे तरुण माविमा कार्यक्रम गरियो ।

सहिद स्मारक ए डिभिजन लिगको प्रचार प्रसार र विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा तरुण माविका करिब दुई हजार विद्यार्थीकाे सहभागिता थियो । एन्फाको लिग कमिटीले उपत्यकाका विभिन्न विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्नेछ । 

मंगलबारको कार्यक्रममा कलाकार विपिन कार्की, राष्ट्रिय खेलाडी द्वय सुजल श्रेष्ठ र विशाल राई थिए । विद्यार्थीहरुलाई प्रशिक्षकद्वय सुनिल श्रेष्ठ र मृगेन्द्र मिश्रले फुटबलको आधारभूत ज्ञान प्रदान गरेका थिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया