डोटीकाे सिलगढी नगरपालिकामा सहमति बिना नै मतपेटिका खोलेपछि विवाद, मतगणना रोकियो

 बैशाख ३१, २०७९ शनिबार १३:३३:२५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वदलीय सहमति बिना नै मुख्य निर्वाचन अधिकृतले मतपेटिका खोलेको भन्दै विवाद हुँदा मतगणना रोकिएको छ ।

सर्वदलीय बैठक नबसी, मतगणना आचारसंहिता नबनाइ, उम्मेदवारहरुको अनुपस्थितिमा मतपेटिका खोलिएको भन्दै यहाँका दलहरुले विवाद सृजना गरेपछि उक्त पालिकामा मत गणनाको कार्य अघि बढाउन नसकिएको हो । 

मतपेटिका खोलिएका विषयमा उत्पन्न विवादलाई समाधान गर्नका लागि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यहाँका सबै दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसीरहेको छ । प्रतिनिधि बिना मतपेटिका खोलिएका विषयमा दलहरुबीच छलफल भइरहेको र समस्या समाधानपछि मत गणनाको कार्य सुरु गरिने प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताउनुभयो । 

उता जिल्लाकै सायल गाउँपालिकाको जनता जनार्दन माध्यामिक विद्यालय मतदान केन्द्रमा शुक्रबारको मतदानका दिन एउटै व्यक्तिले दुईवटा मतपत्रमा मतदान गर्दै गरेको थाहा पाएपछि भएको विवादका कारण रोकिएको मतदान के गर्ने भन्ने विषयमा टुँङ्गो लाग्न सकेको छैन । सायल गाउँपालिकाका निर्वाचन अधिकृत गगनदेव भट्टले उक्त विवादका विषयमा सर्वपक्षीय सहमतिको प्रयास भइरहेको बताउनुभयो ।

यसैगरी जिल्लाको शिखर नगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । अहिले डोटीका बडिकेदार, बोगटान फुड्सिल, पूर्वीचौकी, जोरायल तथा आदर्श गाउँपालिका गरी पाँच पालिकामा मतगणनाको कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया