अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ का...
बैशाख १४, २०८१ शुक्रबार
युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभुरपुलले पीएसजीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा गरेपछि इंग्लिस क्लब लिभरपुले फ्रेन्च क्लब पीएसजीलाई ३–२ ले पराजित गरेको हो ।
समूह सी अन्तर्गत भंएको खेलमा ड्यानिएल स्टुरिज र जेम्स मिलनरले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा २–० को अग्रता दिलाएका थिए ।
तर थोमस मुनिएर र किलियन एम्बाप्पेले गोल गरेपछि पीएसजी खेलमा पर्किएको थियो । खेल बराबरीमै अगाडि बढिरहेको बेला फिर्मिनोले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन् ।
यही समूहको अर्को खेलमा नेपोली एफके जेज्दासँग गोलरहित बराबरीमा रोकिएको छ । यस्तै समूह ए को खेलमा एथलेटिको मड्रिडले मोनाकोलाई २–१ ले स्तब्ध बनाउँदा बोरुसिया डर्टमण्डले क्लब ब्रुगलाई १–० ले पराजित गरेको थियो ।
यसैगरी समूह डी मा गालातासारेले लोकोमोतिभ मस्कोलाई ३–० ले पराजित गर्दा पोर्टव र साल्केले १–१ गोलको बराबरीमा रोकिएका थिए ।