डोटीको दिपायल सिलगढी नगरपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

 जेठ ८, २०७९ आइतबार ११:३७:६ | विमल बिष्ट
unn.prixa.net

साङ्केतिक तस्बिर

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ।

मेयर बाजी खड्काको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकबाट दिपायल सिलगढी नगरपालिका भित्रका सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरिएको हो।

सुत्केरी हुने वा भएकालाई नगरपालिकाभित्र निःशुल्क र जिल्ला बाहिर लैजानु परेमा ५० प्रतिशत छुट दिने मेयर खड्काले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया