रंगशाला निर्माणको लागि  नगरपालिकालाई ५० रोपनी जग्गा निःशुल्क प्रदान

 असोज ४, २०७५ बिहिबार १४:३७:२६ | उपेन्द्र येक्तेन

पाँचथर – पाँचथरको फिदिम नगरपालिका–५, मा रंगशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । 

सरसिउला भन्ने ठाउँमा रंगशला निर्माणको लागि ५० लाखभन्दा बढी मूल्य पर्ने जग्गा स्थानीयले फिदिम नगरपालिकालाई निःशुल्क  प्रदान गरेका हुन् । 

रंगशाला निर्माणको लागि अहिलेसम्म स्थानीय रामचन्द्र नेपालले १९ रोपनी ९ आना, विरेन्द्रकुमार लावतीले ३ रोपनी ९ आना, तुलाराम तामाङले ३ रोपनी ८ आना, सीतादेवी नेपालले २ रोपनी ८ आना, रोहितप्रसाद लुईंटेलले २ रोपनी र कमल नेपालले ८ आना जग्गा नगरपालिकाको नाममा पास गराइदिएका छन् । 
बाँकी १९ रोपनी पनि एक हप्ताभित्रमा पास गराइदिने जग्गा उपलब्ध गराउने समितिका उप–संयोजक गगन लावतीले बताउनुभयो । 

नयाँ नमूना शहरको रुपमा विकास भइरहेको फिदिममा व्यवस्थित रंगशालाको अभाव खड्किएको हुनाले जग्गा दानको लागि स्थानीयहरु समिति नै बनाएर अघि वढेका हुन् ।

नगरपालिकाको नाममा सम्पूर्ण जग्गा पास भइकेपछि सम्बन्धित निकायबाट रंगशाला निर्माणको कार्य अघि बढ्नेमा स्थानीय विश्वस्त छन् । सम्पूर्ण जग्गा प्राप्त भइसकेपछि रंगशाला निर्माणको काम अघि बढ्न रंगशाला निर्माणको लागि प्रयास गर्दै आएको नयाँ शहर आयोजनाको कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले बताउनुभयो ।

रंगशाला निर्माणको लागि ९ देखि १९ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्ने भएकोले स्थानीयले प्रदान गरेको जग्गा रंगशाला निर्माणको लागि उपयुक्त भएको प्रजापतिको भनाई छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया