जिसस दैलेखकाे प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी

 जेठ २६, २०७९ बिहिबार १६:१६:५९ | अमर सुनार
unn.prixa.net

दैलेख – जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । ११ पालिकाका प्रमुख/उपप्रमुख गरी २२ जना मतदातामध्ये १३ मत पाएर शाही विजयी हुनुभएकाे हाे । प्रमुखमा कांग्रेसकी उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले नाै मत पाउनुभयाे । 

सत्ता गठबन्धनमा कांगेसका नाै, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी हुनुभएको हो । 

कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखमा एमालेका उम्मेदवार केशवबहादुर शाही ११ मत ल्याएर विजयी हुनुभयाे । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गर्नुभयाे । 

बाँकी सात सदस्यमा एकमा स्वतन्त्र उम्मेदवार र ६ मा गठबन्धन विजयी भएकाे छ ।

कांग्रेसबाट आठबीस नगरपालिका ७ को वडा सदस्यमा निर्वाचित पार्टीका जिल्ला उपसभापति नमराज शाहीले दिएको स्वतन्त्र उम्मेदवारी खारेजीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियाे । तर आयोगले यरबाेरमा पछि निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको कार्यक्रमअनुसार बिहीवार चुनाव भएको हो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया