लमजुङ : विद्युतकाे पोलमा तार सर्ट भइ वर्कसपमा आगलागी, पाँच लाख बराबरको क्षति

 जेठ ३०, २०७९ सोमबार १२:३९:२१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारमा रहेकाे धारापानीमा ‘अधिकारी वर्कसप’मा आगलागी भएको छ ।

भोटेओडारका विनाेद अधिकारीले सञ्चालन गर्दै आउनुभएको वर्कसपमा आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । वर्कसप नजिकै रहेको बिजुलीको पोलको तार सर्ट आगलागी भएको थियाे । 

वर्कसपमा सर्भिसिङका लागि ल्याइएको एउटा मोटरसाइकल, २ वटा स्कुटर र ७ वटा पुराना (कवाडी) मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी भएको खबर पाउने बित्तिक्कै प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएकाे उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया