राष्ट्रिय टेनिस प्रतियोगिता: महिला सिंगल्सको फाइनलमा माहिका र प्रेरणा

 असोज ८, २०७५ सोमबार १९:३७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत महिला सिंगल्सको उपाधिका लागि माहिका राणा र प्रेरणा कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सातदोबाटोमा रहेकाे टेनिस कोर्टमा सोमबार भएका सेमिफाइनल खेलमा माहिकाले अभिलाषा विष्टलाई ६–२ र ६–१ से पराजित गरिन् । अर्को सेनिफाइनल खेलमा प्रेरणाले मायांका राणालाई ३–६, ७–६ र ६–४ को प्रतिस्पर्धात्मक सेटमा हराइन् ।

पहिलो सेट हारेर पनि जित हात पार्दै प्रेरणाले उपाधिको लागि माहिकासँग खेल्ने पक्का गरेकी हुन् ।

पुरुष सिंगल्सतर्फ निक रासट्रप सहजै अन्तिम चारमा पुगे । निकले आफ्ना प्रतिद्वन्द्वी निसान श्रेष्ठलाई ६–० र ६–० सेटले हराएका थिए । अर्को क्वार्टरफाइनल खेलमा प्रदीप खड्काले नविन मगरलाई ६–३ र ६–२ ले पन्छाएर अन्तिम चारमा पुगे ।

यसैगरी जितेन्द्र परियार र सन्तोष खत्री पनि अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । जितेन्द्रले कमल भण्डारीलाई ६–० र ७–६ को सेटले हराएका थिए । सन्तोषका प्रतिद्वन्द्वी महेस श्रेष्ठ रिटायर्ड हर्ट भएका थिए ।

पुरुष डबल्सतर्फको सेमिफाइनलमा सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले महेश श्रेष्ठ र मनोज जंगबहादुर राणाको टोलीलाई हराउँदा कमल भण्डारी र प्रणव खनालको जोडीले प्रदीप खड्का र नवीन मगरको जोडीलाई २–० को सेटमा पराजित गरेको थियो ।

यस्तै महिलातर्फ मायांका र माहिका दिदीबहिनीको जोडीले एन्नी माथेमा र प्रेरणा कोइरालाको जोडीलाई हराउँदा दोस्रो सेमिफाइनलमा अभिलाशा विष्ट र इरा रावतको जोडीले अस्लेसा लिसानोभिच र क्याथेरिन माथेमाको जोडीलाई पराजित गरी फाइनलमा पुगेको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया