जाँड–रक्सी खाएर विद्यालय गएकाे आराेपमा प्रधानाध्यापक पक्राउ

 साउन १६, २०७९ सोमबार १३:३९:४३ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकाेट – जाँड–रक्सी खाएर विद्यालय गएकाे आराेपमा जाजरकोटमा प्रधानध्यापक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलङ्गाकाे त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्ललाई आज साेमवार विद्यालयबाटै पक्राउ गरिएकाे हाे । 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई पक्राउ गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर पन्तका अनुसार मल्ललाई पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल जाँचका लागि लगिएको छ ।

इन्स्पेक्टर पन्तले भन्नुभयाे, ‘मल्लमाथि जाँड–रक्सी खाएर विद्यालय आएको आरोप लगाइएको छ, त्यसको जाँचका लागि अस्पताल पठाइएको हो ।’ अस्पतालको रिपोर्टको आधारमा प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयाे । 

बिहान विद्यालयमा जाँड–रक्सी आएकाे सूचना पाएपछि अखिल क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया