दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गयो

 साउन २८, २०७९ शनिबार २०:३९:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । 

शनिवार साथीहरुसँग नुहाउन दोभानमा पुगेका घोराही उपमहानगरपालिका – २ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेलको पानीमा डुबेर ज्यान गएको अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकीले जानकारी दिनुभयो । 

दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै डीएसपी बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो । खोज तलास गर्ने क्रममा पोखरेलको शव खोँचमा अड्किएको अवस्थामा फेला परेको थियो । निराजन आफ्ना अन्य २ जना साथीसहित पौडी खेल्न पुगेका बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया