स्थानीय खोलामा पूजापाठ गर्दै थारु समुदायका महिलाले गरे कृष्ण जन्माष्टमी व्रत समापन

 भदौ ४, २०७९ शनिबार १४:४७:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – कृष्ण जन्माष्टमीका दिन व्रत बसेका थारु समुदायका महिलाहरुले आज स्थानीय खोलामा जम्मा भइ पूजापाठ गरी व्रतकाे विधिपूर्वक समापन गरेका छन् ।

दाङसहित पश्चिम तराईका थारु समुदायले हर्ष उल्लासका साथ खोलामा गएर पूजा सामाग्री बगाउने र बगाइएको फलफूल युवाहरुले समात्ने र प्रसादका रुपमा खाने चलन छ। कृष्ण जन्माष्टमी पर्वमा विशेष गरि थारु महिलाहरु दिनभर व्रत बसी साँझ कृष्णसँग सम्बन्धित गीत गाएर रमाइलो गर्दछन् । थारु समुदायले  गाउँको महतवाको घरमा कृष्ण र पाण्डवसँग सम्बन्धित चित्र बनाउने गर्दछन् । जुन चित्र नेपाली चित्रकलाको दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।

कृष्ण जन्माष्टमीका दिन नुहाएर कृष्ण, पाण्डवसहित प्रकृतिमा रहेका विभिन्न जीवको चित्र महतवाको घरको भित्तामा बनाउँछन् । साँझ गाँउका सबै त्यही घरमा जम्मा भइ चित्रमा पूजा गर्ने चलन छ। यो चित्रले थारुहरुको सम्बन्ध कृष्ण र पाण्डवसँग रहेको देखाउने गरेको थारु अगुवाहरु बताउँछन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया