दाङमा बन्दको आंशिक प्रभाव, एउटा टिपरमा आगजनी

 भदौ ७, २०७९ मंगलबार ७:५७:१० | हेमराज शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

दाङ - दाङमा बन्दको आंशिक प्रभाव परेको छ । त्यहाँ छोटो दूरीका गाडी चलिरहेका भए पनि लामो दूरीका गाडी चल्न सकेका छैनन् ।

 बन्दका कारण घोराही, तुलसीपुर, लमही, भालुवाङ मुख्य बजार बन्द छन् ।

बन्दकर्ताले बबई खोलाको पुल नजिक बिहानै घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी गरेका छन् । आगजनीका कारण टिपरको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया