दाङमा पहिराे गएपछि राप्ती राजमार्ग आज बिहानैदेखि अवरुद्ध

 भदौ १३, २०७९ सोमबार ९:२४:५१ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ - लगातारको वर्षाले पहिरो खसेपछि राप्ती राजमार्गको दाङ-सल्यान  सडक आज बिहानैदेखि अवरुद्ध भएको छ। 

दाङ–सल्यान सडक खण्डअन्तर्गत दाङ तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो  ।

बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा आवतजावत पूर्णरुपमा ठप्प भएको उहाँले बताउनुभयो । वर्षात निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरी प्रवक्ता गौतमले बताउनुभयो । वर्षा रोकिएपछि पहिरो पन्छाउने उहाँको भनाइ छ । 

पहिरो निरन्तर झरिरहेको हुँदा सल्यानको कपुरकोटमै र दाङको तुलसीपुरमै गाडी रोकेर राखिएको उहाँले बताउनुभयो । निर्माणाधीन दाङ-सल्यान सडक वर्षातको समयमा  पटक पटक अवरुद्ध हुने गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया