दाङमा बाढीले खानेपानीको मुहानमा क्षति, मुख्य पाइपलाइन पनि बगायो

 भदौ १३, २०७९ सोमबार १२:२६:१७ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ - लगातारको वर्षातका कारण दाङको भमके खोलामा आएको बाढीले अश्वारा खानेपानीको चुनेपहरा खानेपानी मुहानमा क्षति पुगेपछि खानेपानी आपूर्ति बन्द भएको छ।

बाढीले तुलसीपुर उपमहानगरपालिका–१ मा रहेको चुनेपहराको मुहानमा क्षति पुर्याउनुका साथै मुख्य पाइपलाइन समेत बगाएको खानेपानी आयोजनाका अध्यक्ष शिवहरि भण्डारीले जानकारी दिनुभयो।

खानेपानी आपूर्ति बन्द भएपछि झन्डै ५ हजार जना उपभोक्ता  प्रभावित भएका अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँदेखि १३ किलोमिटर टाढाको दूरीमा रहेको मुहानस्थलमा मर्मतका लागि प्रावधिकको टोली पठाइएको पनि उहाँले बताउनुभएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया