दाङमा चट्याङ लागेर दुई जनाको ज्यान गयाे, १२ जना घाइते

 भदौ १५, २०७९ बुधबार ९:१५:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा हिजाे राति चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते छन् । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको ज्यान गएको हो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले घटनास्थलमा फोन सम्पर्क हुन नसकिरहेको हुँदा विस्तृत विवरण आउन नसकेको बताउनुभयो । आज बिहान वडाध्यक्ष दोणर्बहादुर बहकरी क्षेत्रीलाई घटनाबारे जानकारी आएपछि प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया