भोजपुरमा भेटिए १ सय ८९ वर्षका मान्छे !

 असोज १२, २०७५ शुक्रबार १३:३३:१६ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – समाजमा सय वर्ष उमेर काटेको मान्छे प्रायः कमै मात्र भेटिन्छन् तर भोजपुरमा एक व्यक्ति १ सय ८९ वर्ष उमेरका छन् ।

ती व्यक्ति उमेर अनुसार बुढा भने छैनन् । उनको नागरिकतामा राखिएको जन्म मिति अनुसार उनको उमेर अहिले १ सय ८९ वर्ष पूरा भएको छ ।

सदरमुकामदेखि २ दिन लाग्ने साल्पासिलिछो गाउँपालिकास्थित साविकको खाटम्मा गाउँ विकास समिति वार्ड नं.–७ का खम्बधन राईको जन्म मिति नागरिकतामा बिक्रम सम्बत १८८६ साल रहेको छ ।

राईको २०४१ साल चैत ५ गते भोजपुर जिल्लाबाट जारी भएको नागरिकतामा जिल्ला प्रशासन कार्यालय, भोजपुरका तत्कालीन प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । राई भने ९० वर्ष पनि पुगेका छैनन् । 

नागरिकता सच्याउन २ दिनको पैदल हिँडेर सदरमुकाम जानुपर्ने भएको तथा वृद्ध भत्ता खानबाहेक खासै यसको काम पनि नदेखेकाले नागरिकता नसच्याएको राईले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

7 Comments

  • Rupa Nepali

    March 28, 2019, 5:46 p.m.

    I think wrongly exchange from 1986 into 1886. In that time little people are educated mainly in village area. So, I would like to say mistakenly registered in citizenship.

  •  1 Reply
  • पवन पौडेल

    Oct. 5, 2018, 12:51 p.m.

    यो विश्व रेकर्डको लागि उपयुुक्त छ कि छैन होला ? छ भने प्रयास गरौं न !!

  •  1 Reply
  • तिलक परियार

    Sept. 29, 2018, 8:09 a.m.

    कर्मचारीले लापरबाही गर्दा यस्ता घटना देशैभरि पाइन्छन् ।

  •  0 Reply
  • नालायक कर्मचारी ।

    Sept. 29, 2018, 7:16 a.m.

    याेग्य कर्मचारी, सायद राष्ट्र सेवा पदक पाईसके हाेलान ।

  •  0 Reply
  • Saru Adhikari Koirala

    Sept. 28, 2018, 9:11 p.m.

    सम्बन्धित निकाय को ध्यान जाओस्

  •  0 Reply
  • Saru Adhikari Koirala

    Sept. 28, 2018, 9:11 p.m.

    सम्बन्धित निकाय को ध्यान जाओस्

  •  0 Reply
  • Jalan dhami

    Sept. 28, 2018, 1:45 p.m.

    यति ठूलो गलती कसरी गर्दछ्न कर्मचारी हरु।

  •  0 Reply

तपाईको प्रतिक्रिया