आईएमई लुटपाट प्रकरण : ३ जना सार्वजनिक

 असोज २४, २०७९ सोमबार २०:१०:० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको वीरेन्द्र चाेकमा रहेकाे आईएमई मनी ट्रान्सफरमा लुटपाट गरेकाे आराेपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेकाे छ ।  

गएकाे असोज १७ गते बिहान ९ बजेर २१ मिनेटमा फुङलिङ नगरपालिका ५ वीरेन्द्र चाेकमा रहेको कञ्चन मनी ट्रान्सफरबाट ११ लाख ५५ हजार नगद र सुन गरी झन्डै नाै कराेड रुपैयाँ (सुनसहित) लुटिएको थियो ।

लुटपाटमा संलग्न रहेकाे आराेपमा प्रहरीले फुङलिङ २ का २९ वर्षीय राजायन्द्र पोर्तेललाई त्यही दिन पक्राउ गरेको हो । उनी मुख्य योजनाकार भएको र उनकाे साथबाट धेरै सामान बरामद भएको ताप्लेजुङका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले बताउनुभयो । पोर्तेल समातिएपछि प्रहरीले लुटपाटमा संलग्न अन्य दुई जना– झापाकाे शिवसतासी नगरपालिका १ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका १० का २५ वर्षीय मणिराज पर्तेललाई पक्राउ गरी आज सार्वजनिक गरेकाे हाे ।   

प्रारम्भिक अनुसन्धानअनुसार न्डै नाै कराेड रुपैयाँ बराबर लुटिएको अनुमान गरिए पनि यसबारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया