कर्णालीमा अलपत्र परेका यात्रुका लागि उद्धार उडान र ई–टिकट लागू गर्ने सहमति

 कात्तिक १, २०७९ मंगलबार १८:१६:२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णालीमा हवाई उडान कम भएर अलपत्र परेका यात्रुका लागि वायु सेवा कम्पनीले उद्धार उडान र ई–टिकट लागि गर्ने भएका छन् ।

कर्णालीको हवाई उडानका समस्या समाधानका लागि कर्णालीवासीले पर्यटन मन्त्री जीवनराम श्रेष्ठसँग भेटेर पहल गरिदिन आग्रह गरेका थिए । त्यसपछि निजी जहाज कम्पनीले अलपत्र परेका यात्रुलाई चाँडो भन्दा चाँडो उद्धार गर्ने र ई–टिकट प्रणालीको व्यवस्थापन गर्ने सहितका निर्णय गरेका छन् ।

वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, कर्णाली प्रदेश सभाका पूर्वसदस्य नरेश भण्डारी, अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहकार मनऋषि धिताल, समिट र तारा एअरका प्रतिनिधिसहित जुम्लावासीको उपस्थितिमा अलपत्र यात्रुको उद्धार तथा ई–टिकट प्रणाली गर्ने निर्णय भएको हो ।

कर्णाली राजमार्ग लामो समयसम्म बन्दा हुँदा जुम्लालगायत कर्णालीमा यात्रुको चाप बढेको छ । तर जहाज नै नपुग्दा समस्यामाथि समस्या थपिएको छ । बिरामीलेसमेत टिकट पाएका छैनन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया