जुम्लामा सेनाको हेलिकप्टरबाट मतपत्र ओसारिँदै

 कात्तिक १६, २०७९ बुधबार १९:४०:० | नेत्र शाही
unn.prixa.net

सेनाको हेलिकप्टरमा मतपत्र पेटिका ओसारिँदै । तस्बिर : नेत्र शाही

जुम्ला – जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र ओसार्न थालिएकाे छ । निर्वाचन आयोगले हेलिकप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हाे ।  

नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार आज बुधवार दुई पटक नेपाली सेनाको (एनए ०५५ ईसीयू (इक्वेरल) हेलिकप्टरले मतपत्र ओसारेकाे जानकारी दिनुभयाे । उहाँका अनुसार कर्णाली राजमार्गमा सडक बिग्रेकाले हेलिकप्टरमा मतपत्र ल्याउनुपरेको हो । काठमाण्डौबाट सुर्खेतमा गाडीमा आएकाे मतपत्र सुर्खेतबाट हेलिकप्टरमा जुम्ला ओसार्न थालिएकाे हाे ।  

जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट बुधवार हेलिकप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ । भाेलि बिहीवार प्रत्यक्षतर्फकाे एक लाख ५३ हजार मतपत्र हेलिकप्टरबाटै ल्याइने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया